राजनीति

अब मन्त्रीले आफ्नो सेवासुविधाको तजबिजी आफैँ गर्न पाउने

अब मन्त्रीले आफ्नो सेवासुविधाको तजबिजी आफैँ गर्न पाउने

काठमाडौं । पहिलोपटक मन्त्रीले आफ्नो सुविधा आफ्नै मन्त्रालयबाट तोक्न पाउने भएका छन् । मन्त्रिपरिषद्का पछिल्लो निर्णयले मन्त्रीलाई इन्धन, गाडी मर्मतलगायतको सुविधाको तजबिजी आफैँ गर्न दिने भएको हो । यसअघि यस्तो सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पाउने व्यवस्था थियो । गत शनिबारको मन्त्रिपरिषद् बैठकले सुविधासम्बन्धी सबै तजबिजी मन्त्रालयलाई सुम्पिदियो ।

 

मन्त्रीहरुले यसअघि तलब, सुविधा प्रधानमन्त्री कार्यालयबाट लिँदै आएका थिए । प्रधानमन्त्री कार्यालयबाट तलबभत्तालगायत सुविधा दिँदा पनि मन्त्रीहरूले दोहोरो सुविधा लिने गरेका थिए । यसले राज्यकोषमा थप व्ययभार परेको भन्दै सम्बन्धित मन्त्रालयबाटै लिने व्यवस्था गरिएको हो । तर सम्बन्धित मन्त्रालयबाट तलबसुविधा लिँदा झन् मनपरी हुने देखिएको छ । मन्त्रीले आफ्नो सेवासुविधाबारे आफैँ निर्णय गर्न पाउने छन्, जसले गर्दा मन्त्रीले आफूअनुकुलको निर्णय गराउन सक्ने छन् ।

 

मन्त्रीले श्रीमती, छोराछोरी वा आफन्तलाई गाडीलगायत सुविधा मनपरी उपलब्ध गराउने सक्ने सम्भावना हुने एक पूर्वमहालेखापरीक्षकले बताए । गाडी मर्मतका नाम लाखौंको बिल बनाउन पनि सक्ने छन् । मन्त्रीको निर्णय, सुविधा र बिल भपाईलाई सचिवलगायत कर्मचारीले इन्कार गर्न सक्ने अवस्था हुँदैन। यो खबर आजको अनपूर्ण पोस्टबाट लिइएको हो ।

मन्त्रिपरिषद्

विशेष