मुख्य समाचार राजनीति

विप्लवका कार्यकर्ताले सुर्खेतमा ट्रक जलाए    

विप्लवका कार्यकर्ताले सुर्खेतमा ट्रक जलाए    

सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा ट्रक जलाएका छन् ।  नेकपाले आह्वान गरेको एक दिने सुर्खेत बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले शनिबार बिहान २ वटा मालवहाक ट्रक जलाएका हुन् । 

 

बन्दकर्ताले शनिबार बिहान रत्न राजमार्गको सत्तरी र कर्णाली राजमार्गको बड्डीचौर नजिकै मालबहाक ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट ना ६ ख ७३१३ र ना ६ ख १७३२ नम्बरको ट्रक  जलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव निरिक्षक प्रदिप क्षेत्रीले जानकारी दिए । 

 

गत पौष २२ गते विप्लव नेकपाका विद्यार्थी नेता गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुट्ठा मुद्दा लगाएको भन्दै नेकपाले विद्यार्थी नेता रिहाइको मागसहित एक दिने सुर्खेत बन्द आह्वान गरेको छ । 

ट्रक नेत्रविक्रम चन्द ‘विप्लव’

विशेष