विचित्र विश्व

आत्मशुद्धि गर्न बरफ–पानीले नुहाउने अनौठो परम्परा

आत्मशुद्धि गर्न बरफ–पानीले नुहाउने अनौठो परम्परा

एजेन्सी । जापानको राजधानी टोकियोस्थित एक तीर्थस्थानमा केही जापानीले अघिल्लो आइतबार अत्यन्त चिसो पानीमा नुहाएर आफूलाई शुद्ध बनाए । 

 

नयाँ वर्षमा आत्माको शुद्धीकरण र सुस्वास्थका लागि त्यहाँ बरफ पानीमा नुहाउने चलन छ । यो ६० वर्षभन्दा पुरानो चलन हो । 

 

पाँच डिग्री सेल्सियस तापक्रममा अत्यन्त चिसो पानीमा ९८ जना शिन्तो धर्मालम्बीले नुहाएर नयाँ वर्षको शुभकामना आलानप्रदान गरे । 

 

यसरी नुहाउनेमा ८३ वर्षका वृद्धदेखि नौ वर्षका बालकसम्म थिए भने १२ जना महिला थिए । उनीहरुले चिसोको कुनै प्रवाह नगरी आत्मा र शरीरको शुद्धीकरण गरेका थिए । शिन्तो समुदाय यस्तै विभिन्न संस्कार र चलनका लागि विख्यात छ ।

आत्मशुद्धि बरफ पानी

विशेष