भिडियो देश राजनीति

भारतीय दूतावासले मनायो ‘७० औं गणतन्त्र दिवस’ (भिडियोसहित)

भारतीय दूतावासले मनायो ‘७० औं गणतन्त्र दिवस’ (भिडियोसहित)

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले ७० औं भारतीय गणतन्त्र दिवस मनाएको छ ।

 

गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूत मञ्जिभ सिंह पुरीले यो वर्ष नेपाल भारत सम्बन्धमा थप सुदृढ भएको र ‘नेपाल, सुखी नेपाली’ अभियानमा भारतको पनि साथ भएको बताएका छन् ।  

यस वर्ष प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि नेपाल र भारतबीच भएका इनल्यान्ड वाटरवेज, रक्सोल—काठमाडौं रेलजस्ता ठूला सम्झौता महत्वपूर्ण उपलब्धि भएको उनले उल्लेख गरे । यसका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालको सबैभन्दा ठूलो परियोजना अरुण–३ को उद्घाटन हुनु अर्को ठूलो उपलब्धि भएको राजदूत पुरीले बताए । प्रधानमन्त्री मोदीको जनकपुर, मुक्तिनाथ भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा थप इट्टा थप्ने काम भएको उनको भनाइ छ । 

 

नेपालको आर्र्थिक प्रगतिबाट भारतको पनि प्र्रगति हुने भन्दै राजदूत पुरीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सधै कायम रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।  सो अवसरमा नेपालका लागि भारतका राजदूत श्री मंजिव सिंह पुरीले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्नुका साथै भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाए। झन्डोत्तोलन समारोहमा १५०० भन्दा बढी भारतीय नागरिक तथा भारतका मित्रहरुको उपस्थिति थियो । केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीहरुले देशभक्ति गीतहरु प्रस्तुत गरे र त्यसपश्चात नेपाली सेना ब्यान्डको मधुर प्रस्तुति रह्यो ।

 

उक्त दिवसको अवसरमा राजदूतद्वारा २ वीर नारी, ९ एकल महिला र ३ मृतक सैनिकको निकटतम नातेदारलाई नेरु ७.२६ करोड नगद तथा कम्मल वितरण गरि सम्मान गरियो । भू‍‍ ‌‍‍‍‍‍‍‍‍.पू सैनिकलाई सहयोग गर्ने प्रतिबद्धता दोहोउँदै दूतावासले भू.पू –२०१८ पत्रिकाको विमोचन गर्यो । सो पत्रिकामा भारत सरकारद्वारा भारतीय सेनामा कार्यरत नेपाली भू.पू। सैनिकका लागि गरिएका कल्याणकाणी पहलबारे चर्चा गरिएको छ ।

 

उक्त दिवसको अवसरमा राजदूतले नेपालका विभिन्न जिल्लाका अस्पताल, गैरनाफामुलक संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स तथा ६ वटा बसको साँचो प्रदान गरे । सन् १९९४ यता भारत सरकारले स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहुँच विस्तार गर्न नेपालका विभिन्न संस्थाहरुलाई ७२२ एम्बुलेन्स र १४२ बस प्रदान गरिसकेको छ । राजदूतावासले नेपालका दुर्गम भेगका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउनका निमित्त नेपालका ५४ शैक्षिक संस्था तथा पुस्तकालयहरुलाई पाठ्यपुस्तक अनुदान स्वरूप प्रदान गर्ने पनि घोषणा ग¥यो ।

 

सोहि दिन राजदूतले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरेका थिए। नेपालका सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले सो समारोहको मुख्य अतिथि थिए । समारोहमा भारत–नेपाल कुटनीतिक सम्बन्धको ७ दशक पुगेको अवसरमा नेपालका सम्माननीय उपराष्ट्रपति तथा राजदूतले संयुक्त रुपमा ‘‘भारत र नेपाल–कुटनीतिक सम्बन्धको ७० वर्ष’’ नामक पुस्तकको विमोचन गरे । उक्त समारोहमा नेपालका वरिष्ठ राजनीतिज्ञ तथा चर्चित व्यक्तित्व लगायत १००० भन्दा बढी विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो । 

 

हरेक वर्ष जनवरी २६ का दिन भारतले गणतन्त्र दिवस मनाउने गरेको छ । ब्रिटिश शासनबाट यसै दिन मुक्त भएर भारतीय जनताले आफ्नो पहिचान पाएका थिए । 
 

भारतीय गणतन्त्र

विशेष