प्रचण्डको विज्ञप्तिपछि अमेरिकाको प्रश्न, ‘भेनेजुयलाबारे नेपाल सरकारको धारणा के हो ?’
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा माग गरेको छ ।
सत्तारुढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’मा लिएको भन्दै अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको धारणा प्रष्ट पार्न आग्रह गरेको हो । ‘सरकारको धारणा के हो भन्ने जान्नका लागि आग्रहसहितको पत्र पठाएका छौं’ अमेरिकी दूतावासका एक अधिकारीले भने ।
यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौं ।