मुख्य समाचार ताजा खबर राजनीति

राष्ट्रिय सभाबाट पनि चिकित्सा विधेयक पारित

राष्ट्रिय सभाबाट पनि चिकित्सा विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित भएको छ । प्रतिपक्षीको विरोध तथा अवरोधका बाबजुत विधेयक पारित भएको हो । 


यसअघि शुक्रबार बसेको प्रतिनिधिसभा बैठकबाट पनि बहुमतले पारित भएको थियो ।

 

कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेकै बेला अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए।

 

अध्यक्षले सो विधेयकमा छलफलमा भाग लिन आग्रह गरे पनि त्यसमा कसैले पनि भाग लिएनन्। छलफलमा भाग नलिएपछि मन्त्री पोखरेलले विधेयक माथिविचार गरियोस् भन्ने प्रस्ताव उपर छलफल नभएपछि अध्यक्षले सो विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन् । 

 

राष्ट्रिय सभाबाट पनि चिकित्सा विधेयक पारित भएपछि प्रतिपक्ष आफ्नै अल्पमतको सिकार भएका छन् । 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक

विशेष