देश राजनीति

अनुहार हेरिँदैन,  भ्रष्टाचार गर्नेलाई छाडिन्नः प्रधानमन्त्री  

अनुहार हेरिँदैन,  भ्रष्टाचार गर्नेलाई छाडिन्नः प्रधानमन्त्री  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेलाई अनुहार नहेरी कारबाही गर्ने अभिव्यक्ति दोहाेर्याएका छन् । पटक–पटक त्यही अभिव्यक्ति दोहोर्याउँदै आएका प्रधानमन्त्री केपी ओलीले सशस्त्र प्रहरीको स्थापना दिवसमा आयोजित कार्यक्रममा उनले भने, ‘भाषण गर्दा भ्रष्टाचार विरोधी कुरा गर्ने, तर भित्रभित्र भ्रष्टाचार गर्ने होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्न लागिपरेका छौँ ।’

 

तर, प्रधानमन्त्रीको यो भनाइलाई मंगलबार नै भ्रष्टाचारसम्बन्धी अध्ययन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले खण्डन गरेको छ । भ्रष्टाचार नियन्त्रणमा कुनै सफलता प्राप्त नभएको सो संस्थाको प्रतिवेदन छ । प्रतिवेदन सार्वजनिक गर्दै सो संस्थाले नेपालमा भ्रष्टाचार अवस्थामा कुनै सुधार नभएको र अवस्था चिन्ताजनक’ रहेको उल्लेख गरेको छ ।

 

मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचार झन् बढेको जनाएको छ । सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचार जस्ता दीर्घकालीन समस्या रहेकाले सुशासनमा सुधार नआएको निष्कर्ष निकालिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचार

विशेष