मुख्य समाचार राजनीति

टीकापुर बर्बरताका नायक रेशम चौधरी आज माननीय बन्दै

टीकापुर बर्बरताका नायक रेशम चौधरी आज माननीय बन्दै

काठमाडौं । कैलालीबाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीले बिहीबार सांसदको सपथ लिने भएका छन् ।उनले बिहान साढे ११ बजे सिंहदरबार सपथ लिने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । सपथ लिए पनि चौधरी संसद बैठकमा उपस्थित भने नहुने सचिव योगीले बताए ।


‘उहाँमाथि तीन वर्षभन्दा बढी कैद सजाय हुने नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भएको छ,’ योगीले भने, ‘पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा उहाँलाई सदस्यका हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार प्रयोग गर्ने उन्मुक्ति छैन।’ प्रतिनिधि सभा नियमावली अनुसार पारिश्रमिक र अन्य सेवासुविधा पनि पाउने छैनन्। 

 

संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसामा परी ७ सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको थियो । सोही घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध उजुरी परेको थियो । उनी फरार अवस्थामै चुनाव लडेका थिए । निर्वाचित भए पनि उनको सपथ भएको थिएन। पछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए । त्यसपछि उनलाई प्रहरीले जेल हालेको छ । राष्ट्रिय जनता पार्टी नेपालले पटक पटक चौधरीलाई सपथ खुवाउनु पर्ने माग गर्दै आएको थियो ।

रेशम चौधरी

विशेष