साइड जबले शिक्षिकाको जागिर 'चट'
एजेन्सी । एक शिक्षिकाको साइट जबका कारण आफ्नो जागिरबाट हात धुनुपरेको छ । अमेरीकामा एक प्रि-स्कुलमा कार्यरत शिक्षिकालाई उनले राति गर्ने साइड जबका कारण उनलाई स्कुलले निकालिदिएको समाचारमा जनाइएको छ ।
२१ वर्षीया निना स्काये एक क्रिश्चियन नर्सरी स्कुलकी शिक्षिका थिइन् । उनी दिउँसो पढाउँथिन् र राति उनी पोर्न चलचित्रका लागि काम गर्थिन् । उनको यस्तो प्रकृतिको साइट जबका बारेमा स्कुलले थाहा पाएपछि उनले गर्दै आएको साइट जब बन्द गर्न आग्रह गरेको थियो । तर उनीले स्कुलको आग्रहलाई अस्वीकार गरिदिइन् जसका कारण उनले जागिरबाट हात धुनुपर्यो । स्कुलले उनको साइड जब क्रिश्चियन स्कुलको सिद्धान्त विपरीत रहेको भन्दा उनलाई जागिरबाट निकाला गरेको हो ।
तर निना शिक्षण र सेक्स आफ्नो प्यासन भएको बताउँछिन् । उनले यी दुवै कामलाई सँगसँगै लैजान चाहन्थिन् तर यो सम्भव हुन सकेनन् । उनलाई स्कुलले पोर्टस्टारको काम छोड्न सहयोग गर्ने बताए पनि उनले दुवै काम छोड्न नसक्ने बताएकी थिइन् । 'पोर्नस्टारको रुपमा काम गर्नु मेरो ड्रिम जब हो। यसमा काम गरेबापत् मैले मोटो रकम पाउने गर्छु' निनाले आफूले पहिलोपटक पाएको रकमको स्मरण गर्दै भनिन्। उनले पहिलोपटक काम गरेबापत् दुई हजार ५०० डलर पाइएको बताइन् ।
जागिर चट