मुख्य समाचार राजनीति

वाइडबडी प्रकरणमा डा. बाबुरामले भने : नैतिकता हुनेले राजीनामा दिऊन्, नहुनेहरू गलहत्याइयून्

वाइडबडी प्रकरणमा डा. बाबुरामले भने : नैतिकता हुनेले राजीनामा दिऊन्, नहुनेहरू गलहत्याइयून्

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई इंगित गर्दै नैतिकताका आधारमा राजीनामा दिन चुनौति दिइएका छन् । समसामयिक विषयमा सामाजिक सञ्जालबाट कडा टिप्पण दिइरहने डा. भट्टराईले माइक्रो ब्लगिङ साइट ट्वीटरमा आफ्नो धारणा राख्नै नैतिकता हुनेले राजीनामा दिन र नहुनेलाई गलहत्याउनु पर्ने बताएका हुन् ।

 

नेपाल वायु सेवा निगमले भित्र्याएका दुईवटा वाइडबडी खरिदमा भएको विवाद उत्कर्षमा पुगेका बेला डा. भट्टराईको टिप्पणी आएको हो । उनले वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजे पनि तथ्य लकाउन नसकिने भन्दै उनले मन्त्रीलाई राजीनामाको चुनौति दिएका हुन् । उनले विमान निर्मातासँग सिधै नकिनेर नक्कली कम्पनी खडा गरेको मै दालमा कालो देखिएको बताएका हुन् ।

वाइडबडी प्रकरण छानबिन गर्न गठन भएको संसदीय लेखासमिति अन्तर्गतको उपसमितिले बुधबार बहालवाला मन्त्री अधिकारीका साथै पूर्वमन्त्रीद्वय जीनव बहादुर शाही र जीतेन्द्रनारायण देवका साथै दुई सचिव र वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलगायतका अधिकारीलाई दोषी देखाउँदै करबाहीका लागि सिफारिस गरेको थियो । निगमले खरिद गरेको एयरबसको दुईवटा वाइडबडीमा ४ अर्ब २५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको संसदीय उपसमितिको ठहर छ ।

 

डा. बाबुराम भट्टराई वाइड बडी जहाज

विशेष