रोजगार

कर्मचारी एक प्रदेशबाट अर्को प्रदेशमा सरुवा हुन पाउने

कर्मचारी एक प्रदेशबाट अर्को प्रदेशमा सरुवा हुन पाउने

काठमाडौं । प्रदेश या स्थानीय तहमा समायोजित कर्मचारी अब एक प्रदेशबाट अर्को प्रदेशमा या एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा हुन पाउने भएका छन्। सरकार र आधिकारिक ट्रेड युनियनबीच बिहीबार राति भएको नौबुँदे सहमतिमा त्यस्तो उल्लेख छ। 

 

सोही सहमतिबमोजिम सरुवा हुन पाउनेगरी कानुनी व्यवस्था मिलाउन आधिकारिक ट्रेड युनियनसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिबद्धता जनाएको हो। तर एक प्रदेश या स्थानीय तहबाट अर्को प्रदेश या स्थानीय तहमा सरुवा हुँदा सम्बन्धित दुई प्रदेश या स्थानीय तहको सहमति आवश्यक पर्ने जनाइएको छ। सम्बन्धित कर्मचारीको स्थायी ठेगानाका आधारमा एक प्रदेशबाट अर्को प्रदेश या स्थानीय तहमा सरुवा हुन सक्ने व्यवस्था सहमतिपत्रमा उल्लेख छ।

 

सहमतिको आठौं बुँदामा भनिएको छ, ‘कर्मचारी समायोजनपश्चात् प्रदेश या स्थानीय तहमा समायोजन भएका सरकारी सेवाका कर्मचारीलाई निजको स्थायी ठेगाना भएको प्रदेश या स्थानीय तहमा निश्चित अवधि तोकि तत्तत् तहको सहमति र मिल्दो सेवा समूहमा सरुवा हुनेगरी प्रदेश या स्थानीय तहको सेवा सर्तसम्बन्धी कानुनमा व्यवस्था गर्न सिफारिस गर्ने सहमति भएको छ।’ यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।

कर्मचारीको आन्दोलन कर्मचारी

विशेष