राजनीति

आजै होला त दीपक मनाङेको शपथ ?

आजै होला त दीपक मनाङेको शपथ ?

काठमाडौं । मनाङ जिल्लाबाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद् राजीव गुरुङ (दीपक मनाङे)ले आइतबार शपथ लिने भएका छन् । सांसद् पद तथा गोपनीयताको शपथ लिन उनी पोखरा जाँदै छन् ।

 

ज्यान मार्ने उद्योगमा पक्राउ परेका मनाङे केही दिनअघि थुनामुक्त भएका थिए । उनको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा छ । जेलमुक्त भएपछि शपथको माग गर्दै उनले प्रदेशसभामा निवेदनसमेत दिएका थिए । उनको निवेदनपछि उनलाई शपथ खुवाउनेकी नखुवाउने भन्ने विषय प्रदेशसभा सदस्य दुई कित्तामा बाँडिएका थिए ।

 

आइतबारका लागि कार्यव्यवस्था समितिको बैठक बोलाइएको तर शपथ हुने–नहुने बारे केही भन्न नमिल्ने नेकपा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिएका छन् । यसअघि रेशम चौधरीले प्रतिनिधिसभा सांसदका रुपमा शपथ लिएपछि मनाङेको पनि बाटो खुलेको हो । रेशम चौधरीलाई बिहीबार सांसद पद तथा गोपनीयताको शपथ खुवाइएको थियो ।

दीपक मनाङे

विशेष