राजनीति

संघीय संसदमा आज १ बजे प्रधानमन्त्रीको सम्बोधन

संघीय संसदमा आज १ बजे प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। शुक्रबारको बैठकलाई सम्बोधन गर्ने भनिए पनि कार्यब्यस्तताको कारण देखाउँदै सम्बोधन स्थगित भएको थियो। 

 

प्रधानमन्त्रीले समासमायिक विषयमा प्रतिपक्षि दल र सांसदहरूले उठाएका प्रश्नको सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। दिउँसो १ बजे बस्ने प्रतिनिधीभसभाको बैठकमा प्रधानमन्त्री सम्बोधन गर्ने तय भएको अधिकारीको भनाइ छ। सम्बोधनमा सरकारका मन्त्रीहरूमाथि लागेका आरोपका पनि समेटिएको बताइएको छ।

 

पछिल्लो समय वाइडबडी जहाज खरिदमा भएको अनियमितताको बिषयलाई लिएर सरकारको आलोचना भइरहेको छ । संसदको सार्वजनिक लेखा समितिमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच मत बाझिएको छ । प्रतिपक्षका सांसदले दोषीलाई उन्मुक्ती दिन खोजेको भन्दै सरकारको विरोध गरेका छन् भने सत्तापक्षले पूर्ण छानबिन जाँचबुझ आयोगले गर्ने बताउँदै आएका छन् । यो विषयमा पनि प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनका क्रममा समेट्ने बताइएको छ।

 

त्यस्तै आजको कृषि तथा पशुपन्छी विकासमन्त्री चत्रपाणी खनालले जीवनासक विषादी ब्यवस्थापन विधेयकमाथि बिचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्याललले जानकारी दिए। 

 

यस्तै कानुन, न्याय तथा संसदिय मामिलामन्त्री भानुभक्त ढकालले प्रशासकिय अदालत विधेयक २०५ लाई दफावार छलफलका लागि सम्बन्ति समितीमा पठाइयोस भनि प्रस्ताव प्रस्तुत गर्नेछन् भने भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विधेयक २०७५ माथि बिचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने कायुसूची रहेको संसद सचिवालयले जनाएको छ। 

केपी शर्मा ओली प्रधानमन्त्री संघीय संसद

विशेष