रहेनन् विपीलाई ताकेको गोली आफैंले थापेका तारानाथ
काठमाडौं । नेपाली काँग्रेस लमजुङकासंस्थापक सभापति रहेका तारानाथ कोइरालाको निधन भएको छ । प्रजातान्त्रिक आन्दोलनका सेनानीसमेत रहेका कोइरालाले पञ्चायतकालमा नेपाली काँग्रेसका संस्थापक तथा प्रधानमन्त्री विपी कोइरालामाथि आक्रमण हुँदा रक्षा गरेका थिए ।
मंगलबार गण्डकी प्रदेशको राजधानी पोखरामा उपचारको क्रममा उनको निधन भएको हो । कोइरालाले पञ्चायतकालको आन्दोलनमा विपीलाई ताकेर प्रहार गरिएको गोली आफैंले थापेका थिए । जसकारण उनी जीवनभर एउटा खुटटाविना बाच्न बाध्य भए । उपचार नभएपछि उनको खुट्टा नै फालनुुपरेको थियो ।