रोजगार

राष्ट्रिय सूचना प्रविधि केन्द्रले माग्यो निर्देशकसहित १८ कर्मचारी, आवेदन दिने म्याद १० दिन

राष्ट्रिय सूचना प्रविधि केन्द्रले  माग्यो निर्देशकसहित १८ कर्मचारी, आवेदन दिने म्याद १० दिन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत राष्ट्रिय सूचना प्रविधि केन्द्र काठमाडौं र यस अन्तर्गत डिजास्टर रिकोभरी सेन्टर हेटौँडामा रिक्त रहेको पदमा १८ जना कर्मचारीको माग गरेको छ । केन्द्रले यसै चालु आर्थिक वर्षदेखि करारमा नियुक्त गर्नेगरेी निर्देशकसहित १८ जना कर्मचारी माग गरेको हो ।

 

मागअनुसार निर्देशक पदमा एक जना, कम्प्युटर इन्जिनियर आठ, प्रशासकीय अधिकृत एक, इलेक्ट्रिकल इन्जिनियर दुई र सिस्टम एडमिनिस्ट्रेटर एकजना माग गरेको छ। त्यस्तै इलेक्ट्रीकल टेक्निसियन दुई जना, कम्प्युटर टेक्निसियन एक र खरिदार दुईजना माग गरेको छ। दरखास्तका लागि मंगलबारदेखि १० दिनभित्र राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबार र  जिल्ला हुलाक कार्यालय पाटनढोका, ललितपुरमा दरखास्त दिन सकिने जनाइएको छ ।

रोजगारी राष्ट्रिय सूचना प्रविधि केन्द्र

विशेष