रोजगार

सरकारी जागिर खाने हो ? लोकसेवाले माग्यो १९३ नासु

दरखास्तको अन्तिम म्याद माघ १५ सम्म

सरकारी जागिर खाने हो ? लोकसेवाले माग्यो १९३ नासु

काठमाडौं । लोकसेवा आयोगले देशभरबाट राजपत्रअनंकित प्रथम श्रेणीका लागि नायब सुवाको दरखास्त आह्वान गरेको छ ।

 

लोकसेवा आयोगले बुधबार विज्ञापन निकाल्दै काठमाडौं जिल्लाका लागि ९९ जनाका लागि दरखास्त आह्वान गरेको छ । आयोगले काठमाडौंका लागि न्यायसेवा, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदका लागि सुब्बाको दरखास्त आह्वान गरेको हो । त्यसैगरी आयोगले धनकुटाका लागि खुला महिला आदिवासी, मधेसी दलित र अपांग गरी २३ जना सुब्बा माग गरेको छ भने महोत्तरीका लागि ३० पदका लागि दरखास्त आह्वान गरेको छ ।

 

त्यस्तै आयोगको कार्यालय पोखराबाट आठ जना माग गरिएको भने बुटवलबाट १६ जना माग गरिएको छ । आयोगको कार्यालय सुर्खेतले सात जना माग गर्दा  दिपायलबाट १० जना माग गरिएको छ । विज्ञापन दस्तुर ४०० तोकिएको छ भने समावेशी पदका लागि थप २०० दस्तुर कायम गरिएको छ । दरखास्तको अन्तिम म्याद माघ १५ सम्म कायम गरिएको छ भने दोब्बर दस्तुर बुझाएर माघ २२ सम्म फाराम भर्न सकिने आयोगले जनाएको छ । 

हेर्नुहोस् विज्ञापन

लोकसेवा आयोग

विशेष