मुख्य समाचार देश प्रदेश ७

छाउगोठको दर्दनाक घटनाः आगलागी हुँदा आमासहित दुईछोराको ज्यान गयो

छाउगोठको दर्दनाक घटनाः आगलागी हुँदा आमासहित दुईछोराको ज्यान गयो

मार्तडी । बाजुराको बुढीनन्दा नगरपालिका–९ अगाउपानीमा एक छाउगोठमा आगालगी हुँदा २ छोरासहित आमाको जलेर मृत्यु भएको छ । आमा अम्बा बोहरा (३५ वर्ष)  र उनका छोराहरु ९ वर्षीय सुरेश र ७ वर्षीय रमितको जलेर मृत्यु भएको हो । 


अगाउपानीका स्थानीय अगुवा पुरबहादुर रावतले मृतकको कपडा मात्रै जलेकाले निस्सासिएर मृत्यु भएको हुन सक्ने बताए । अगाउपानीका अर्का स्थानीय अगुवा पुरबहादुर रावतले भने, ‘घरको छेवैमा बनाइएको छाउगोठभित्र उनीहरुको मृत्यु भएको हो ।’ 

 

बिहान अबेरसम्म बाहिर नआएपछि सोधिखोजी गर्ने क्रममा गोठभित्र हेर्दा उनीहरु मृत अवस्थामा भेटिएका बुढीनन्दा नगरपालिकाकी उपमेयर श्रृष्टि रेग्मीले बताइन् । सदरमुकामबाट प्रहरी प्रमुखसहितको टोली घटनास्थलतर्फ हिँडेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । घटनास्थल सदुमुकाम मार्तडी र कोल्टीको बीचमा पर्दछ ।  

बाजुरा

विशेष