विचित्र विश्व

आइफोन किन्न किड्नी बेचेपछि...

आइफोन किन्न किड्नी बेचेपछि...

एजेन्सी । चिनियाँ एक युवकले एप्पलको लेटेस्ट फोन खरिद गर्नका लागि किड्नी बेचेपछि ओछ्यानमै सिमित रहन बाध्य भएका छन् । १७ वर्षीय वाङ सांगकुनले गैरकानूनी रूपमा सर्जरी गराएको छोटो समयपछि नै उनको अर्को मृगौलाले अहिले काम गर्न छोडेको हो ।

 

सर्जरी गराएको आठ वर्षपछि अहिले उनको अर्को किड्नीले काम गर्न छोडेको छ । जसकारण उनी बिमारी भएर २५ वर्षको उमेरमै ओछ्यान छोड्न नसक्ने अवस्थामा पुगेका छन् ।

 

सांगकुनले कालो धन्दा गर्दै अप्रिल २०११ मा ४५०० अमिरिकी डलरमा किड्नी बेचेका थिए । त्यस रकमबाट उनले आइफोन ४ र आइप्याड २ खरिद गरेका थिए । उनले अभिभावकको अनुमतिबिना नै गैरकानूनी रूपमा सर्जरी गराएको खुलेको छ ।

 

उनको परिवार चीनको गरिब प्रदेशमा बस्छन् जसकारण उनले आइफोन खरिदको लागि कालो धन्दा अपनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

किड्नी आइफोन

विशेष