राजनीति

आज प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुने

आज प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुने

काठमाडौं । प्रस्तावित राजदूतको सुनुवाइ गर्नका लागि संसदीय सुनुवाइ विशेष समितिको बैठक बिहीबार सिंहदरबारमा बस्दैछ । प्रस्तावित राजदूतको सुनुवाइ गर्न विहान ११ बजे सिंहदरवारमा बैठक बस्न लागेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

 

उनका अनुसार बिहीबारको बैठकमा फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको सुनुवाइ हुनेछ। मन्त्रिपरिषदले भर्खरै फ्रान्स र थाइल्याण्डसहित विभिन्न देश तथा नियोगका लागि ५ जनालाई राजदूतमा सिफारिस गरेको थियो।

 

प्रस्तावित राजदूतविरुद्ध सुनवाइ समितिले १० दिनको म्याद दिएर पुस १८ गते उजुरी आह्वान गरे पनि कुनै उजुरी नआएको समितिको सचिवालयले जनाएको छ।

संघीय संसद्

विशेष