राजनीति मुख्य समाचार

शेखर कोइरालाले घोषणा नै गरे, अबको सभापतिमा मै उठ्छु

शेखर कोइरालाले घोषणा नै गरे, अबको सभापतिमा मै उठ्छु

काठमाडौँ । ‘सुजाता र सशांकले साथ दिएको देखिएन । रामचन्द्र र शेरबहादुरले पनि सभापतिमा उठोस् भन्ने चाहेका छैनन् । सशांकले कुन पदमा उठ्ने भनेर शेरबहादुरसँग बार्गेनिङगरेजस्तो छ । यस्तो स्थितिमा तपाई उठ्छु, जित्छु भन्दै हुनुहुन्छ । कुरा कलिक मिल्दो भएन । कम्तिमा सशांकजी त तपाईसँग हुनुपर्यो नि !’ अघिल्लो शुक्रबार कञ्चनपुरस्थित पुराना नेता हिमराज तातेडको घरमा पुगेका शेखर कोइरालालाई कार्यकर्ताले यिनै प्रश्न सोधेर दिक्क लगाएपछि उनले मुख खोले, ‘कोही उठ्, उठेन, कसैले साथ दियो, दिएन भनेर हेर्दिन । तर, आउँदो महाधिवेशनमा म नेपाली कांग्रेसको सभापतिको उम्मेदवार हुँ ।’

 

त्यसो त, यसअघि केन्द्रीय सदस्यमा उठ्दा सबभन्दा बढी मत ल्याउने उनै थिए । दोस्रो बढी मत खुमबहादुर खड्का र त्यसपछि विश्वप्रकाश शर्माहरुले ल्याए । शेखरको विश्लेषण थियो, ‘रामचन्द्रले शेरबहादुरलाई सक्दैनन् । तर, ‘रामचन्द्र जसरी शेरबहादुरले आफूलाई माइनस गरेका थिए, त्यसको बदला लिन चाहन्छन् । अहिलेसम्म उनले आफूलाई सेन्टरमा राखेर हेरिरेहका छन् । तर, रामचन्द्रबाट पार लाग्ने अवस्था छैन ।’

 

एकजना फोरमवालाले सोधे, संशाकको कुरा के हो ? शेखरले भने, तिमीले उसलाई नचिनेको हो र ? सशांक शेरबहादुरको बुई चढेर पार्टीको पोजिसनमा बसिरहने सोचाइमा छ । तर, त्यहाँबाट एकदिन फर्किन्छ ।’ उता, सुजतालाई क्यान्सरको कारण डाक्टरले घरबाट एक रात पनि कतै नजानु भनेका छन् । केही समयअघि कोइरालाका सन्तान एक ठाउँमा देखाउन उनले खानपिन आयोजना गरेका प्रचार भए पनि रोगले च्याप्दै जाँदा निकटस्थसँग बसेर खाने इच्छा मात्र राखेकी थिइन् । त्यसमा पनि राजनीति भयो, कोइराला सन्तानको नाममा । 

 

शेखरको मान्यता छ, 'कांग्रेसले सरकारको गलत काम प्रतिपक्षीको रुपमा हाइलाइट गर्ने मात्र हो, हामी सरकार फेर्न सक्दैनौँ ।' उनले केही दिन अगाडि प्रचण्डलाई भेटेको पनि सुनाए । भने, ' जति नै गलत काम ओलीले गरे पनि प्रचण्डले साथ दिने भएका छन् । जसले गर्दा ओलीको टाउको अपजसको पोको ठूलो हुँदै जाओस् कुनै डिफेन्सभ काम गर्ने उनको चाहना छैन।' यो खबर आजको जनआस्था साप्ताहिकबाट लिइएको हो ।

कोइराला परिवार

विशेष