राजनीति

नेकपाभित्र आन्तरिक विवाद उस्तै, कार्यदलले बनाउन सकेन मापदण्ड 

नेकपाभित्र आन्तरिक विवाद उस्तै, कार्यदलले बनाउन सकेन मापदण्ड 

काठमाडौं । पार्टी एकता भएको आठ महिना बितिसक्दा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिल्न सकेको छैन । पार्टीका तल्लो तहका निकायहरू सक्रिय हुन सकेका छैनन् । गत पुसमा बसेको स्थायी समिति बैठकले एकताका बाँकी काम पूरा गर्नका लागि प्रस्ताव बनाउन कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाउन नसक्दा एकताको बाँकी काम लम्बिएको हो ।

स्थायी समितिले संगठन एकतासम्बन्धी प्रस्ताव तयार गर्न रामबहादुर थापा, महासचिव विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठ रहेको कार्यदल बनाएको थियो । पुसभित्र प्रस्ताव बनाई एकताको काम सक्ने भनिएको थियो । 

तर कार्यदलकै नियमित बैठक बस्न सकेको छैन । ‘केही बैठक भएका छन्, छलफल पनि चलिरहेको छ, व्यस्तताका कारण सबै काम सकिएको छैन,’ कार्यदल सदस्य योगेश भट्टराईले भने । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

नेपाल कम्युनिस्ट पार्टी

विशेष