८ बर्षको बालकले समाते ३१४ किलोको शार्क , तोडे २२ बर्ष पुरानो रेकर्ड !
बच्चा आखिर बच्चा नै हुन् यिनीहरु जिद्धी स्वभावका हुन्छन। ' नपत्याउने खोलाले बगाउछ' भने झैँ तिनै जिद्धिका बाबजुत यिनीहरु दुनियालाई चकित पार्ने काम गर्न समेत पछि हट्दैनन यस्तै अष्ट्रेलियाका ८ बर्षिय जेडेन मिल्लौरोले ३१४ किलोको शार्क समातेर २२ बर्ष पुरानो रेकर्डलाई तोडेका छन।
यो भन्दा पहिले इयान हिसेले सन् १९९७ मा ३१२ किलो तौलको टाइगर सार्क समातेर रेकर्ड राखेका थिए। पिताको साथमा माछा मार्न जाने क्रममा जेडेनले सार्क समात्न सफल भएका हुन्।
जेडेनका पिताका अनुसार माछा मार्न जाने क्रममा सार्कले उनीहरुको पिछा गरिरहेको र जेडेनको नजर अचानक सार्कमा गएकाले उनले त्यसलाई जाल हानेर पक्रिन सफल भएका हुन्।