सभामुख पदलाई लिएर नेकपा वरिष्ठ नेता खनालले गरे यस्तो खुलासा!
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सभामुख पदका लागि उपयुक्त समयमा पार्टील्े उचित निर्णय लिइने बताएका छन् । त्यस्तै उनले सरकारले जनअपेक्षाअनुसार कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा जोड दिए।
पार्टीले बडादशैं, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले भने,‘ सभामुख पदको निर्वाचनका बारे उपयुक्त समयमा उचित निर्णय पार्टीले लिइनेछ।