जनताका लागि धेरै काम अगाडि बढेका छन्, त्रिदेशीय साझेदारीको ढोका खुल्यो
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताएका छन्।
कम्युनिष्ट पार्टी ९नेकपा० ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै उनले आफ्नो देश आफैले बनाउनु पर्ने धारणा राखे।
‘कानूनी राज्य पालना, सुशासन कायम र भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न हामी सबै लाग्नुपर्छ’ उनले भने, ‘केही पनि भएन भन्नेहरुको आफ्नो स्वार्थ होला, तिनीहरुले आँखा चिम्लेर हेरेको हुनसक्छ, आँखा खोलेर हेर्दा जनताका लागि धेरै काम अगाडि बढेका छन्।’
त्यस्तै नेकपा० का अध्यक्ष पुष्पकमल दाहालले सीको नेपाल भ्रमणले त्रिदेशीय साझेदारीको ढोका खुलेको बताएका छन्।
नेकपाले आयोजना गरेको चियापानमा बोल्दै उनले भने, 'त्रिदेशीय साझेदारीमा जानु पर्छ भनेर भारत र चीन भ्रमणको क्रममा मैले भनेको थिएँ। अहिले त्यो दिशातिर हामी जाने आधार बनेको छ। टु प्लस वन भनेर मोदी र सीबीच कुरा भएकोले पनि त्यसलाई दर्शाउँछ। यसले समाजवादको यात्रालाई सहयोग पुर्याउने छ'
भारतबाट पेट्रोलियम पाइपलाईन उद्घाटन गरिनु र चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणले यसलाई देखाउने दाहालको भनाई छ।