राजनीति

ओली–प्रचण्डको सहमतिमाथि माधव नेपालको कडा आपत्ति!

ओली–प्रचण्डको सहमतिमाथि माधव नेपालको कडा आपत्ति!

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्तिमा पनि ६ जना मन्त्री हटाउने तयारीमा जुटेका छन्। नेकपाको उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारीमा रहेका छन्। सत्तारुढ नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री ओलीले कम्तिमा पनि ६ जना मन्त्रीलाई हटाउने गरी मन्त्रिमण्डल पुनर्गठन गर्न लागिएको भनेर जानकारी गराएको स्रोतको भनाई छ।

सोमबार बिहान बालुवाटारमा भएको छलफलका क्रममा ओलीले प्रचण्डलाई मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको जनाएका हुन् ।नेकपा सचिवालयले मन्त्रिमण्डल पुनर्गठनबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री ओलीलाई नै दिएको थियो ।

सोमबार बिहान बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले बर्खास्तीमा पर्ने भनेर ८ जना मन्त्रीको नाम पढेर प्रचण्डलाई सुनाएका थिए ।प्रचण्डले केही मन्त्रीको विषयमा फेरि सोच्न भनेपछि २ जनाको जिम्मेवारी हेरफेर गर्ने र ६ जनालाई बर्खास्त गर्न सकिने विकल्पबारे छलफल भएको थियो । स्रोतका अनुसार बुहारीको मन्त्री पद बचाउनको लागि प्रधानमन्त्री ओली यस्तो आग्रह गरेका थिए।

वर्तमान सरकारले जनअपेक्षाअनुरुप परिणाम दिन नसकेको भन्दै आलोचना भईरहँदा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठन गरेर नयाँ ढंगले अघि बढ्ने कुरा बताएका छन् ।

प्रधानम्नत्री ओलीले यसअघि नै मन्त्रीमण्डल पुर्नगठनाको तयारी गरेपछि दशैं र चिनियाँ राष्ट्रपतिको भ्रमणले गर्दा यो विषयलाई थाती राखेको बताईन्छ । श्रोतका अनुसार असंलग्न राष्ट्रहरको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आगामी कात्तिक ७ गते अजरबैजानमा जाने कार्यक्रम तय भएको छ । त्यसअघि नै मन्त्रीमण्डल पुर्नगठन गर्ने सोच प्रधानमन्त्री ओलीको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरु लालवावु पण्डित, बीना थामा मगर, मातृका यादव,रघुबीर महासेठ, थममाया थापा, चक्रपाणी खनाल,शक्तिबहादुर बस्नेत र युवराज खतिवडाका विषयमा व्यवपक प्रश्न उठेको र आफू पनि यी मन्त्रीका कामबाट सन्तुष्ट नरहेको बताउदै यी मन्त्रीहरुको नामावली हटाउने सूचीमा राखेको प्रचण्डलाई बताएका थिए ।

प्रचण्डले नामका विषयमा फेरी छलफल गरौला तर मन्त्रीमण्ढडल पुर्नगठन गर्ने विष्यमा मेरो समर्थन छ भनेर वैठक टुङ्ग्यिाएको श्रोतको दाबी छ ।

यता नेकपाकै वरिष्ठ नेता माधव कुमार नेपालले तत्कालै मन्त्रिमण्डल हेरफेर गर्न नहुने भन्दै घुमाउरो शैलीमा आपत्ति जनाएका छन्। नेकपाले बुधबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा नेता नेपालले उपनिर्वाचन अघि मन्त्रिपरिषद् पुनर्गठन गर्न नहुने भन्दै आपत्ति जनाएका हुन् ।

मन्त्रीहरुको कामबाट प्रधानमन्त्री केपी ओली सन्तुष्ट नभएको र मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेको समाचारहरु बाहिरिरहेको बेला नेता नेपालले मन्त्रिपरिषद्मा तत्कालै हेरफेर ग¥यो भने उपचुनावमा प्रभाव पार्ने बताए ।

मंसिर १४ गते देशका विभिन्न रिक्त स्थानमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनाव हुँदैछ ।

विशेष