Breaking News

नेकपा पतन हुन्छ : प्रचण्ड

नेकपा पतन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता कार्यकर्ताबाट पार्टीमा खतरा बढेको बताएका छन् । नेकपा चितवनले  भरतपुरमा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले पछिल्लो समय आफ्नै पार्टीमा अराजकता र प्रतिगामी तत्व हाबी भएको भन्दै चिन्ता व्यक्त गरे । यस्तै अराजक र प्रतिक्रियावादी तत्व बढे पार्टी पतन हुने टिप्पणी उनले गरे । 

“कम्युनिष्ट पार्टीलाई अरु कसैले हल्लाउन सक्दैन । आफ्नै पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुककै खतरा छ,” उनले भने । कम्युनिष्ट आदर्शबाट विस्तारै स्खलित हुंँदै गएको भन्दै उनले ७० वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु पार्टीकै जिम्मेवारी र दायित्व भएको बताए । आफू संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विषयमा चिन्तित भएको भन्दै उनले त्यसको रक्षा र संरक्षणमा गम्भिर बन्नुपर्ने धारणा राखे । 

पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हँुदै गएको भन्दै उनले भने, “पार्टीको अनुशासन नमान्ने तर गुटको अनुशासन मान्ने गरेका कारण पार्टीमा खतरा बढेको छ ।” कार्यक्रममा उनले पार्टीका नेता कार्यकर्ताले समीक्षा, आत्मआलोचना गर्नुपर्ने विषयमा समय खर्चिएका थिए । परिवर्तन र समाजवादको महायात्रामा कहीं कतैबाट अप्ठेरो हुन्छ भने त्यो आफैंबाट हुने दाहालको भनाइ थियो ।

 

विशेष