प्रचण्डका विश्वासपात्र दिनानाथ शर्मा पनि ओलीको पक्षमा
सत्तारुढ दल नेकपाका राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने बताएका छन् ।
नेता शर्माले सरकारको नेतृत्व पूरै कार्यकाल ओलीले गर्ने भएकाले त्यसमा आलोपालो नहुने पनि बताए ।
सरकारको नेतृत्वमा ओली र पुष्पकमल दाहालबीच आलोपालो हुने चर्चा भइरहेका बेला नेता शर्माले ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने दावी गरेका हुन् ।
बिहीबार काठमाडौंमा आयोेजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो काम गरिरहेकाले पनि ओलीलाई नै पूरा कार्यकाल सरकारको नेतृत्वमा राख्नु पर्ने तर्क गरे ।
नेता शर्माले मन्त्रीपरिषद पुनर्गठन हुने विषयमा प्रधानमन्त्रीले पार्टीका शीर्ष तहमा छलफल गरिरहेको बताए । उनले सरकारले अन्तराष्ट्रिय रुपमा विश्वास आर्जन गरेकाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सम्भव भएको स्पष्ट पारे ।