राजनीति

केहि गरेन भन्नेलाई ओलीको झटारो : "आँखा खोलेर हेर"

केहि गरेन भन्नेलाई ओलीको झटारो : "आँखा खोलेर हेर"

काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा सरकाले केही पनि गरेको छैन भनेर आलोचना गर्नेलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन्।

पार्टीले दसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मुलुकमा विकास र समृद्धिका लागि धेरै काम भएका छन्। आँखा चिम्लेर केही पनि भएको छैन भन्नेहरुले आँखा खोलेर हेर्नुपर्छ। लोकतन्त्र आएको छ। मुलुकले विकासको बाटो समातेको छ। नयाँ गतिका साथ देशलाई अघि बढाएका छौं। आँखा खोलेपछि मात्र सबै देखिन्छ।’

ओलीले सामन्त वर्गले मात्र मुलुकमा ‘केही पनि भएको छैन’ भनेर हल्ला पिटाएको बताए। ‘उनीहरुका हिजो घर थिए, गाडी थिए, उद्योग थिए, कलकारखाना थिए, छोराछोरी विदेशमा पढेकै थिए। उनीहरु अहिले पनि सम्पन्न नै छन् त्यसकारण केही पनि नभएको हल्ला गर्छन्। बूढाबूढीलाई गएर सोध्नुस् केही भएको छ कि छैन’,

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।    

केपी ओली आँखा खोलेर हेर :

विशेष