विचित्र विश्व

बिवाह नगरी बस्ने महिलाले अब 'अविवाहित भत्ता' पाउने !

बिवाह नगरी बस्ने महिलाले अब 'अविवाहित भत्ता' पाउने !

डोटी।  डोटीको दिपायल सिलगढी नगरपालिकाले बिवाह नगरी बस्ने अविवाहित महिलालाई भत्ता दिने निर्णय गरेको छ।  नगरपालिकाको आर्थिक वर्ष २०७६, ०७७ को नीति कार्यक्रम तथा बजेटमार्फत उक्त कार्यक्रम लाई अगाडी बढाउन लागिएको हो बताईएको छ।  

५० बर्षसम्म बिवाह नगरी बसेका महिलालाई बैकल्पिक व्यवस्था नभएसम्मका लागि सामाजिक सुरक्षा भत्ता दिईनुका साथै विभिन्न सिपमुलक कार्यमा सहभागी गराउने नगरपालिकाको योजना रहेको छ। त्यसका लागि अविवाहित रहेका महिलाको तथ्यांक संकलन गर्नका लागि कार्यविधि तयार पार्न लागिएको नगरपालिकाले जनाएको छ 

यो भन्दा अघि पनि बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिएको थियो।  

विशेष