अन्तत: प्रचण्डले मन्त्रिमण्डल हेरफेरबारे गरे यस्ताे खुलासा, ओलीको योजनामा लाग्यो धक्का!
धनगढी – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गर्ने विषयमा कुनै छलफल नभएको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मन्त्री हेरफेर हुने चर्चा हल्ला मात्रै भएको बताएका हुन् ।
मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको अधिकारको विषय भएको भन्दै अध्यक्ष दाहालले यस विषयमा आफूलाई प्रश्न नगर्न समेत आग्रह गरे ।
यसअघि प्रधानमन्त्री केपी ओलीले मन्त्री हेरफेर गर्ने प्रचण्डसँग परामर्श गरेका थियो। सोही बमोजिम विभिन्न संचारमाध्यममा मन्त्रिमण्डल हेरफेरको समाचार प्रकाशित भएको थियो। तर अहिले आएर प्रचण्डले मन्त्रिमण्डल हेरफेरको कुरा हल्ला मात्र हो बताएपछि प्रधानमन्त्री ओलीको योजनामा धक्का लागेको स्रोतको भनाइ छ।
अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणपछि भारत र चीन दुबै देशसँगको सम्बन्ध सुदृढ हुदै गएकोले यसलाई अवसरका रुपमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।