भिडियो

सुरुमा सबै विरोध गरौँ भन्छन्, झण्डा देखाउँदा म एक्लै पर्छु : फणिन्द्र नेपाल (भिडियोहित)

सुरुमा सबै विरोध गरौँ भन्छन्, झण्डा देखाउँदा म एक्लै पर्छु : फणिन्द्र नेपाल (भिडियोहित)

काठमाडौँ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल चिनिया राष्ट्रपति नेपाल आउँदा घरभित्रै बस्न बाध्य भए । उनका अनुसार उनलाई सादा पोसाकका प्रहरीले रेकी गरे, अन्यसँग कुरा बुझ्दा उनलाई पक्रिने छाँटकाँटपछि उनी घरभित्रै बसे ।

चीनका समर्थक भारतका विरोधीका रुपमा चिनिएका उनी चिनकै राष्ट्रपति आउँदा पनि कसरी घरभित्रै रहन बाध्य पारिए त ? उनी भन्छन् –‘मलाई चीन विरोधी देखाउन खोजियो । ’
वर्तमान नेतृत्वप्रति असाध्यै वितृष्ण उनी प्रधानमन्त्री केपी ओली दोहोरो चरित्रको भएको आरोप लगाउँछन् । उनका अनुसार २०७२ सालमा संविधान जारी गर्दा भारतको नाकाबन्दीको विरोधमा उत्रिएका प्रधानमन्त्री ओली खाशमा भारतका भित्री समर्थक हुन् ।

उतिबेला चिनबाट पेट्रोलियम पदार्थ ल्याउने भनेर पछि नल्याइनु, चीनसँगका सम्झौता धेरै गरिनु तर कार्यान्वयनमा जोडतोडका साथ नलाग्नुले पनि प्रधानमन्त्रीसहितका नेपालका नेताहरु भारतको खाश समर्थकका रुपमा रहेको उनको विश्लेषण छ । 

फणिन्द्र नेपालको मोर्चामा १५ सदस्यीय कमिटी छ । कुनै कुराको विरोध गर्नुपरे सबैले सहमति जनाउँछन् तर जब विरोधका लागि कालो झण्डा निकाल्ने वा मुख्य समय हुन्छ सबै लाखापाखा लाग्छन् । तर पनि एक्लै किन नहोस् विरोध गर्न उनी उत्रिहाल्छन् । यसका लागि उनले पटक पटक दुतावास अगाडि पुगेका छन् । सीमाका कुरालाई लिएर उनले गर्ने विरोध कहिलेसम्म र किन ? उनको भनाइमा उनी पटक पटक नजरबन्दमा परेका छन् । ‘म जो कोही भिआईपी आउँदा पटक पटक नजरबन्दमा पर्छु ।’ उनी भन्छन् । 

अनि २ वर्षभित्रै पार्टी खोल्न भनेर लागेका नेपालको पार्टी खोल्ने कुरा कहाँ पुग्यो ? भारतले सीमाना मिच्दा विरोध गर्ने फणिन्द्र नेपाल चिनले गरेका गलत कार्यको विरोध किन गर्दैनन् ? के उनी चीनिया गलत गतिविधिको विरोधमा उत्रेलान् ? उनी भन्छन् –‘अवश्य विरोधमा उत्रिन्छु ।’ यी र यस्तै विषयमा हामीले नेपालसँग कुराकानी गरेका छौँ । 

विशेष