राजनीति

नेकपामा यी २ नेता तथा नेतृ मध्ये एकलाई सभामुख बनाउने ब्यापक चर्चा

नेकपामा यी २ नेता तथा नेतृ मध्ये एकलाई सभामुख बनाउने ब्यापक चर्चा

काठमाडौँ — सभामुख कृष्णबहादुर महराले राजीनामा दिए लगत्तै उनको पद अब कानुन अनुसार रिक्त छ। महराको राजीनामापछि अब संघीय संसदमा सभामुख र उपसभामुख फरक दलको हुने संविधानको प्रावधानको कार्यान्वयन गर्नकालाई बाटो खुलेको छ।

अब हुने निर्वाचनमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुने गरी निर्वाचन प्रक्रिया अघि बढाउनुपर्छ। त्यसैले सभामुख र उपसभामुख मध्ये एउटा पद अब सत्तारुढ नेकपा भन्दा अर्को दलको भागमा पुग्नेछ। 

संविधानको धारा ९१ मा सभामुख र उपसभामुख फरक दलको हुने प्रावधान छ। तर सभामुख र उपसभामुखको निर्वाचनपछि पार्टी एकता भएकाले अहिले एउटै दलको भन्ने प्रधावान यसमा आकर्षित नहुने तर्क नेकपाले गरेको थियो। यही विषयको विवाद सर्वोच्च अदालतमा विचारधीन छ।

सोही क्रममा अब नेकपाले नै सभामुख पद आफ्नो पोल्टामा पार्न उपसभामुखलाई राजीनामा दिन लगाउन आन्तरिक तयारी सुरु गरेको छ। सभामुख पदमा कसलाई उठाउने भन्ने चर्चा चलेकाे छ। स्राेतका अुनसार एक नेता तथा एक नेतृ मध्ये एक जनालाई सभामुख बनाउने चर्चा पार्टी भित्र चुलिएको छ। 

स्रोतका अनुसार अब नेकपाले सभामुख पदमा सूर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका हृदेश त्रिपाठी तथा नेतृ दाङकी शान्ता चौधरी मध्ये एक जनालाई उठाउने तयारी गरिरहेको छ। यसरी हेर्दा उपसभामुख शिवमाया तुम्बाहम्फेको पद दोधारमा परेको छ।

विशेष