एयरपोर्टमा पैसा बचाउन महिलाले गरिन यस्तो हर्कत , हवाई यात्रुलाई पनि दिईन यस्तो सुझाव
एजेन्सी। आफुले कमाएको पैसाको बचत गर्नु एक कला हो। यो कला हरकोहिसंग हुदैन र यो कसैको बशको कुरा पनि होइन। तर फिलिपिन्सकी एक महिलाले पैसा बचाउने एक नया उपाय अपनाएकी छिन। तपाईलाई थाहा नै होला बिमानमा यात्रा गर्दा जति गर्हौ सामान छ त्यतिकै अनुसारको फिस तिर्नु पर्छ। केहि मानिसहरु यी सबबाट बच्नका लागि अनेक उपाय अपनाउछन।
यसै मध्ये फिलिपिन्समा बस्ने गेल रोडरीग्यूज नामकी एक महिलाले बिमानको फि तिर्नबाट बच्नका लागि २.५ केजीको कपडा लगाएकी छिन। ताकी सुटकेसको वजन कम होस्। गेल जब एयरपोर्ट पुगिन तब उनको सुटकेसको वजन नापियो जहा उनको सुटकेसको वजन ९ रहेको थियो जुन एयरपोर्टको नियम बिपरित हो। विमानमा ७ किलो भन्दा बढी तौल भएको सामान राख्न पाइदैन यसैले उनले सुटकेसको अतिरिक्त वजनको फि तिर्नबाट बच्नका लागि यसो गरेकी हुन्।
२.५ केजीको कपडा लगाएको तस्बिर गेलले सामाजिक संजालमा पोस्ट गरेकी छिन जुन पोस्ट र तस्बिरले पछिल्लो समय सामाजिक संजालमा तहल्का मच्चाईरहेको छ। पोस्टका साथ साथै उनले हवाई एयरलाईन्स कम्पनीमा भारी रकम तिर्नुभन्दा यो उपाय अपनाउनका लागि सबै हवाई यात्रुलाई अपिल समेत गरेकी छिन।
गेल रोडरीग्यूज