मन्त्री यादवकाे खुलासा : नेकपामा अपराधिकरण बढ्याे
काठमाडाैँ – उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले नेकपामा पुँजीवादी र अपराधिकरण बढेको बताएका छन्। धनुषाको महेन्द्रनगरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संगठन विधि र विधानलाई बेवास्ता गर्दै मन्त्री र पहुँचवाला नेताहरु सत्ता, शक्तिको दुरुपयोग गरी धन आर्जनतर्फ लागेको आरोप लगाए।
‘काम गरेर कम्युनिस्ट बनौं, नामको लागि मात्र होइन, त्यसैले काम गरेर कम्युनिस्ट बन्नुपर्छ र जनताको लागि लडार्इँ लड्नुपर्छ, अनि मात्र कम्युनिष्ठ भइन्छ’, उनले भने।
अध्यक्ष प्रचण्डले कहिलेकाहीँ ओली सरकार भन्दै गर्ने टिप्पणीमाथि पनि मन्त्री यादवले आपत्ति जनाए। ‘अध्यक्ष प्रचण्डले ओली सरकार भनेको सुन्दा अचम्म लाग्छ, सरकार नेकपा हो कि ओलीको?’, उनले प्रश्न गरे।