राजनीति

छिमेकीसँगको सम्बन्ध नयाँ उचाइमा : प्रचण्ड

छिमेकीसँगको सम्बन्ध नयाँ उचाइमा : प्रचण्ड

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । “चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याइएको छ” ।

फिदिममा मंगलबार पत्रकारसँग कुराकानी गर्दै दाहालले भने, “चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई मुलुकको सम्बन्ध थप विस्तारित एवं सुदृढ भएको छ ।” अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपतिले नेपालको विकासमा देखाएको तत्परताबाट नेपालले ठूलो फाइदा उठाउन सक्ने बताउँदै नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालन एक सामान्य कुरा नभइ सम्बन्धलाई नयाँ चरणमा पुर्‍याउने घटना भएको उल्लेख गरे ।

संक्रमणकालीन मुद्दा टुंग्याउने काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले हिजो मात्रै सत्तारुढ दल नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसका नेताबीच संक्रमणकालीन मुद्दा चाँडो टुंग्याउने विषयमा समझादारी भएको जानकारी दिए । अध्यक्ष दाहालले द्वन्द्वकालीन घटनाका पीडितको सहमतिमा शान्ति प्रक्रियाको सबै काम टुंगो लाग्ने विश्वास व्यक्त गरे ।
 

विशेष