विचित्र विश्व

३८ बर्षको उमेरमा ४४ सन्तानकी आमा बनेकी यी महिला, अब भने ...........

३८ बर्षको उमेरमा ४४ सन्तानकी आमा बनेकी यी महिला, अब भने ...........

एजेन्सीः तपाइले एक महिलाले कति वटासम्म बच्चाको जन्म दिएको सुन्नु भएको छ १०, १५, २० या यो भन्दा बढी कति ? तर आज हामी एक यस्तो  महिलाको  बारेमा कुरा गर्न जादै छौं जसले अहिलेसम्म ४४ बच्चाको जन्म दिइसकेकी छिन्।  हो पूर्वी अफ्रिकी मुलुक युगान्डाकी ३८ बर्षिया मरियम नाबटेंजी नाम गरेकी एक महिलाले ४४ बच्चाको जन्म दिएकी छिन।  जसले गर्दा उनलाई अफ्रिकामा ‘मोस्‍ट फर्टाइल वूमेन’ को नामले समेत चिन्ने गरिन्छ।  

तर अब भने मरियमले बच्चालाई जन्म दिन नपाउने भएकी छिन। एक सूत्रले जानकारी दिएअनुसार डाक्टरले उनको गर्भाशय काटीदिएका छन। मरियमको १२ बर्षमा बिवाह भएको थियो। बिवाह भएको १ बर्षपछि जुम्ल्याहा बच्चाको जन्म दिएकी उनले त्यसपछि  पाँचपटक जुम्ल्याहा , चारपटक तीन-तीन बच्चा र पाँच पटक चार-चार बच्चालाई जन्म दिएकी हुन्। 

असामान्य रुपमा अण्डाशयको आकार ठुलो भएकाले महिलाले यति धेरै बच्चाको जन्म दिएको चिकत्सकहरुले बताएका छन। अत्याधिक पारिवारिक भार थेग्न नसकेकै कारण मरियमलाई उनलाई श्रीमानले गत वर्ष मात्र छोडेका हुन्। अहिले उनि गरिबीको भुमरीमा छटपटाउदै ३८ बच्चाको पालनपोषणमा लागेकी छिन।  उनले जन्म दिएका मध्ये ६ बच्चाको भने जन्म समयमा नै मृत्यु भएको थियो।  

  

 

 

३८ बर्षमा ४४ सन्तान

विशेष