राजनीति

प्रधानमन्त्रीले संसदमा बोलेको 'असंसदीय' शब्द अझै हटाईएन

प्रधानमन्त्रीले संसदमा बोलेको 'असंसदीय' शब्द अझै हटाईएन

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा छ महिनाअघि बोलेको असंसदीय शब्द अझै हटाइएको छैन। तत्कालीन सभामुख कृष्णबहादुर महराले नै प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द हटाउनका लागि निर्देशन दिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा गत वैशाख २४ गते नीति तथा कार्यक्रममा उठेका प्रश्न र जिज्ञासको जवाफ दिने बेलामा भनेका थिए, ‘प्रश्न र जिज्ञासाका लागि धन्यवाद, आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरेर प्रश्नको जवाफ प्रस्तुत गर्छु।’ सो भनाइपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसलाई रेकर्डबाट हटाउनुपर्ने भन्दै नाराबाजी गरे पनि सभामुखले संसद्को कारबाही अघि बढाएका थिए।

नाराबाजीबीच नै नीति तथा कार्यक्रम पारित भएको थियो। सभामुख महराले तीन दिनपछि वैशाख २७ मात्र प्रधानमन्त्रीले बोलेको असंसदीय शब्द हटाउन निर्देशन दिएका थिए।

यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुबेदीले लेखेकी छिन।  

प्रधानमन्त्री ओली

विशेष