विचित्र विश्व

बिश्व कीर्तिमानी राख्ने भेडा, संसारबाट बिदा

बिश्व कीर्तिमानी राख्ने भेडा, संसारबाट बिदा

मानिसले बिश्व कीर्तिमानी बनाउन हरेक खालको काम गर्ने गर्छन। तर साथ साथै केहि जनावरहरुको नाम पनि यसमा अन्जानमै सामेल हुन पुगेका हुन्छन।  केहि जनावर आफ्नो तौलका कारण कीर्तिमानी राख्छन त केहि आफ्नो उचाई तर आज हामी एक यस्तो भेडाको बारेमा कुरा गर्न जादैछौं 

जसले एकपटकमा ४१ किलोको ऊन दिएर कीर्तिमानी राखेको छ।  सन् २०१५ मा सबैभन्दा बढी ऊन दिने भेडाको नाममा वर्ल्ड रेकर्ड राख्न सफल भएको यस भेडाको नाम 'क्रिस' हो।  क्रिसको यस रेकर्ड अहिलेसम्म अन्य कुनै पनि भेडाले तोड्न सकेको छैन।  

तर हालै मात्र ४१ किलो ऊन दिने क्रिसको मृत्यु भएको खबर बाहिरिएको छ।  अत्याधिक तौल र भुत्लाका कारण शरीरलाई खतरा भएको भन्दै केहि दिन अघि मात्र यसको कपाल कटाईएको थियो।  

क्रिसको मृत्यु भएको जानकारी यसको हेरचाह गर्दै आइरहेको संस्था साउथ वेल्स फर्मले फेसबुक मार्फत गराएको हो। क्रिस मरियानो प्रजातिको भेडा हो।  यसको उमेर लगभग १० बर्ष भएको बताईएको छ। 

भेडा बिश्व कीर्तिमानी

विशेष