गोदावरीमा नाइटी पहिरन दिउँसोमा लगाए जरिवाना!
काठमाडौं – विश्वमा दिन प्रति दिन अचम्भित पार्ने खालका थरीका घटना भइरहेका छन्। यसै क्रममा भारतमा एक अनौठो नियम लगाइएकाे छ। भारतकोकाे एक गाउँमा दिउँसो नाइटी पहिरनमा प्रतिबन्ध लगाउने नियम लगाइएको छ ।
आन्ध्र प्रदेशस्थित गोदावरी जिल्लाको तोकालापल्ली गाउँमा महिलालाई दिउँसो नाइटी पहिरन लगाउन प्रतिबन्ध लगाइएको हाे ।
महिलाको रात्रीकालीन पहिरन अर्थात् नाइटी दिउँसोमा पहिरिने महिलालाई २ हजार भारु जरिवाना गर्ने निर्णय गाउँ पञ्चालयतले गरेको छ ।गाउँको नियम कानून बनाउने ९ सदस्यीय उक्त पञ्चायतले सो नियम बनाएको हो ।
गाउँमा रहेका १८ सय महिलाले अबदेखि दिउँसोमा नाइटी नलगाउन् भन्नका लागि कडाई गरिनेछ । महिलाहरुले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म नाइटी लगाउन पाउने छैनन् । यदि त्यस्तो लगाएको देखिएमा २ हजार भारु जरिवाना हुनेछ ।
त्यस्तै नियम उल्लंघन गर्ने महिलाका बारेमा जानकारी दिने व्यक्तिलाई पुरस्कार स्वरुप एक हजार भारु दिइनेछ ।
नियम उल्लंघन गर्ने महिलालाई सामाजिक बहिष्कारको धम्की पनि गाउँ पञ्चायतले दिएको छ । साथै यस बारेमा सरकारी अधिकारीहरुलाई उजुरी नगर्न पनि महिलाहरुलाई धम्की दिइएको छ ।
गाउका सरपञ्च मध्येकी एक फन्तासिया महालक्ष्मीका अनुसार खुल्ला ठाउँमा कपडा धुनु, नाइटी लगाएर तरकारी पसलमा जानु वा बैठकमा जानु सही होइन । कतिपय महिलाहरुले नै यसमा रोक लगाउन माग गर्दै आएका हुनाले त्यस्तो निर्णय गरिएको दाबी उनको छ ।