राजनीति

प्रचण्डलाई धक्का लाग्ने गरी  ईश्वर पोखरेलले दिए यस्तो अभिब्यक्ति, पूर्व माओवादीमा उथलपुथल

प्रचण्डलाई धक्का लाग्ने गरी  ईश्वर पोखरेलले दिए यस्तो अभिब्यक्ति, पूर्व माओवादीमा उथलपुथल

काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन्।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुुवै अध्यक्षबीच पार्टी एकीकरणका बेला त्यस्तो कुनै सहमति नभएको प्रष्ट पारे ।

 कार्यवाहक प्रधानमन्त्री पोखरेलले दुवै अध्यक्षबीच दैनिक भेटघाट र पार्टीका विषयमा छलफल भइरहेको बताए ।

उनले दुुवै पार्टी अलग–अलग पृष्ठभूमिबाट आएका हुुनाले पार्टीभित्र छलफल र बहस हुुनुु सामान्य कुुरा भएकाले यसलाई हामीले विवाद भन्न नमिल्ने विचार राखे ।

“अखबारमा आएका दुुई अध्यक्षबीच विवादसम्बन्धी समाचारमा सत्यता नभएको” टिप्पणी गर्दै उनले आवश्यकताअनुुसार दुुवै अध्यक्षले पार्टीको कामको जिम्मेवारी लिन सक्नुहुने धारणा व्यक्त गरे ।

तर दुई अध्यक्षबीच आलो पालो गरी सरकार चलाउने भनी सम्झौता नै भएको सार्वजनिक रुपमै यसअघि अधिकांश स्थानमा प्रचण्डले बोलिसकेका छन्। त्यस्तै पूर्वमाओवादीका नेताहरुले पनि आलोपालोको सरकार चलाउने सहमति भएको बताएका छन्।

एक पूर्वमाओदीका नेताले नाम नखुलाउने शर्तमा भने,‘ जसले जे बोलेपनि हुन्छ तर दुई अध्यक्षबीच आलोपालो गरी सरकार चलाउने सहमति भएको छ।’उनले मन्त्री पोखरेलको अभिब्यक्तिले पूर्वमाओवादीका नेताबीच चर्चाको विषय बनेको छ।

विशेष