विचित्र विश्व

महिलाले दिईन अनुहार नभएको बच्चाको जन्म

महिलाले दिईन अनुहार नभएको बच्चाको जन्म

पुर्तगालमा एक महिलाले अनुहार नभएको बच्चालाई जन्म दिएकी छिन। प्रसुति गृहको लापरवहिले गर्दा यस्तो बच्चाको जन्म भएको भन्दै उनको उपचारमा संलग्न एक डाक्टरलाई कामबाट निलम्बन गरिएको छ। 

उनलाई ६ महिनाका लागि चिकित्सा अभ्यास गर्नबाट निलम्बित गरिएको हो। उक्त बच्चाको जन्म गत अक्टोबर ७ मा भएको बताईएको छ।  जसको नाम राड्रीगो राखिएको छ।  

नियामित चेकजाँच गर्दा बच्चा सहि सलामत रहेको बताउदै आएका डाक्टरसंग उनको जन्म पश्चात परिवार आक्रोशित बनेका थिए।  बिना आँखा, कान र अनुहार भएको बच्चा जन्मिएको यो पहिलो पटक हो। 

जन्मिदै बिना अनुहार जन्मिएका उक्त बच्चालाई अस्पतालको पीडियाट्रिक विंगमा सुरक्षित राखिएको छ।  

 

 

विशेष