आधुनिक मानवको ढुंगेयुगे सोच !
हरेक देश अनि समुदाय पिच्छे मानिसको रहन सहन र परम्परा पनि अलग अलग हुन्छ र त्यहि संस्कृतिमा मानिसहरु रहन चाहन्छन। ब्रिटेनमा पनि एउटा यस्तै अचम्मको गाउँ छ जहाका मानिसहरु आधुनिक जीवनयापन गर्छन तर बिना कपडा । यो उनीहरुको बिगत लामो समयअघि देखि चलिआएको परम्परा हो । ब्रिटेनको हर्टफोर्डशायरको ब्रिकेटवुडमा चाहे महिला होस या पुरुष दुवैले कपडा लगाऊदैनन।
यो स्थानमा यस शिलशिला करिब ८५ बर्षदेखि निरन्तर रुपमा चल्दै आइरहेको छ। आधुनिक जमाना अनि आधुनिक मानिस तर मानिसले किन ढुंगेयुगको जीवन बिताईरहेका छन त ? सोच्नुपर्ने कुरा हो छ। आखिर संस्कृति त संस्कृति नै हो नि। यहा बस्ने स्थानीयका साथ साथै बाहिरबाट घुम्न जाने मानिस पनि निर्वश्त्र रहनु पर्छ।
सबैभन्दा अचम्मको कुरा त् झन के हो भने यहाँ आउने पर्यटकहरु पनि यहीको नियम अनुसार चल्नु पर्ने मान्यता रहेको छ। साथमा गर्मी जाडो जुनसुकै मौसममा पनि यहाका मानिसहरु बिना कपडा नै बस्ने गरेका छन।