४० बर्षदेखि कपाल नकाटेका जटाधारी बाबा !
विश्वमा आज पनि यस्ता मानिसहरु छ जो आफ्नो स्वार्थका लागि विभिन्न प्रकारका अनुभवहरु गर्न चाहन्छन। यिनै मध्येका एक हुन् बिहारका साकल देव। उनले पछिल्लो ४० बर्षदेखि न त कपाल काटेका छन न त नुहाएका नै। सपनामा साक्षत भगवानले आएर कपाल नकाट्नु भनेको भएर आफुले कपाल नकाटेको उनि बताउछन। उनको अहिले कपाल ६ फुट लामो छ।
साकलका अनुसार एक दिन राती सपनीमा उनलाई भगवानले कपाल नकाट्न र जाडरक्सी नखान भनेका थिए। अहिले उनको कपालले जटाको रुप धारण गरेको छ जसका कारण उनि अहिले गाउँमा महात्मा र जटाधारी बाबाको नामले चिनिन थालेका छन।
३१ बर्षसम्म बन विभागमा पनि काम गरेका साकलका श्रीमती र ३ छोरा छोरी र ७ जना नातिनातिना पनि रहेका छन। श्रीमानको कपालप्रति मेरो कुनै गुनासो छैन म खुसि छु उनकी श्रीमतीले भनिन। यदि कतै बाहिर निस्कन परेको खण्डमा उनि कपाललाई कुनै सफा कपडाले बेरेर हिड्ने गरेका छन।
साकल यस समयमा घरमा नै आयुर्वेदिक औषधी बनाउछन। जसका लागि टाढा टाढाबाट मानिसहरु आउने गरेका छन।