राजनीति

'मोदीको पुत्ला जलाउँदैमा कालापानी फिर्ता आउँदैन, कुटनीतिक पहल गर्नुपर्छ'

'मोदीको पुत्ला जलाउँदैमा कालापानी फिर्ता आउँदैन, कुटनीतिक पहल गर्नुपर्छ'

ताप्लेजुङ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउँदैमा नेपाली भूमि फिर्ता नहुने जनाएको छ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउँदैमा नेपाली भूमी फिर्ता नहुने स्पष्ट पारे।

तरुण दल ताप्लेजुङद्धारा सोमबार ताप्लेजुङ सदरमुकाममा आयोजित कार्यक्रममा उनले सरकारले कुटनीतिक पहलबाट मात्रै नेपाली भूमिको रक्षा गर्न सकिने धारणा राखेका हुन्।

भारतले केहि दिनअघि नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो बनाई नयाँ नक्सा सार्वजनिक गरेपछि केहि संघ संगठनले उत्तेजित भएर आन्दोलन गरेकोतर्फ संकेत गर्दै बस्नेतले भने, ‘राष्ट्रियता हामीमा पनि छ, नेपालको एक मुठ्ठी माटो पनि कसैले लगेमा तरुण दललाई मान्य हुँदैन, अब कालापानीमा गएर शान्तिपुर्ण आन्दोलन गर्छौं।’  तत्काल देखिने कदम चाल्न सरकारलाई उनले आग्रह समेत गरेका छन्।

विशेष