राजनीति

महरा बिरुद्ध मुद्धा दर्ता, ५ बर्ष जेल सजायको माग

महरा बिरुद्ध मुद्धा दर्ता, ५ बर्ष जेल सजायको माग

काठमाडौँ।  महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरा बिरुद्ध थप सजायसहित क्षतिपुर्तिको माग गर्दै जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको छ।  

जिल्ला सरकारी वकिलको कार्यालयले महराबिरुद्ध ५ देखि ७ बर्षसम्मको जेल सजाय र क्षतिपुर्तिको माग गर्दै बिहिवार काठमाडौँ जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो।  

महराले सार्वजनिक पदको दुरुपयोग गरि महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको भन्दै थप सजायसहित माग दाबी गरिएको छ।  संसद सचिवालयमा कार्यरत कर्माचारी रोशनी शाहीले असोज १२ मा महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिईन।  

यो समाचार आजको नागरिकमा भाषा शर्माले लेखेकी छिन। 

कृष्ण बहादुर महरा

विशेष