राजनीति

निजामती कर्मचारीको उमेरहद अबदेखि ६० वर्ष 

निजामती कर्मचारीको उमेरहद अबदेखि ६० वर्ष 

काठमाडौँ । निजामती कर्मचारीको उमेरहद ५८ बाट बढाएर ६० वर्ष पु-याइने भएको छ । संघीय संसद अन्तर्गतएको राज्य व्यवस्था तथा सुशासन समितिमा उमेरहद बढाएर ६० वर्ष पुर्‍याउनेमा सहमति जुटेको हो ।

हरेक वर्ष ६/६ महिनका दरले लागू गर्दै यो उमेर हदको नयाँ नियम सन् २०२१ देखि पूर्ण कार्यान्वयनमा आउनेछ । हाल निजामती सेवा अन्तर्गत सरकारी सेवामा रहेका कर्मचारीको अवकाशको उमेर हद ५८ वर्ष रहेको छ । समितिले लोकसेवा आयोगले समेत दिएको सुझावका आधारमा निजामती कर्मचारीहरुको उमेर हद ६० वर्ष पुर्‍याउने निर्णय गरेको हो ।

आयोगले सबै समूहका कर्मचारीहरुको उमेर हद ६० नै कायम गरिनुपर्ने मत राखेको थियो । अहिले स्वास्थ्य सेवाका कर्मचारीहरुको उमेर हद ६० वर्ष छ । न्यायाधीशहरुको भने ६५ वर्ष रहेको छ । संसदीय समितिले नेपाली नागरिकको औषत आयु बढ्दै गएकाले कर्मचारीको उमेर हद पनि बढाउने निर्णय गरिएको जनाएको छ ।

बैठकमा सांसदहरुले ज्येष्ठताको आधारमा भन्दा पनि कार्यक्षमताका आधारमा कर्मचारीको बढुवा गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै उनीहरुले राम्रा काम गर्ने कर्मचारीहरुलाइ सरकारले उचित प्रोत्साहनको व्यवस्था गर्नुपर्ने पनि बताएका थिए । हरेक वर्ष ६/६ महिनका दरले लागू गर्दै यो उमेर हदको नयाँ नियमलाई सन् २०२१ देखि पूर्णरुपमा लागू गरिने कानुनी व्यवस्था गर्ने निर्णय संसदीय समितिले गरेको हो ।

समितिको निर्णयमा वि.सं. २०१८ मा जन्म मिति भएका कर्मचारीहरु ५८ वर्ष ६ महिना उमेर पुरा भएपछि अवकाश पाउनेछन भने वि.सं. २०१९ मा जन्म मिति भएका कर्मचारीहरुले ५९ वर्ष ६ महिना उमेर पुरा भएपछि अवकाश पाउनेछन् । त्यसपछि वि.सं. २०२१ जन्म मिति भएका कर्मचारीले ६० वर्ष उमेर पुरा भएपछि अब अवकाश पाउनेछन् ।

विशेष