विचित्र विश्व

९ वर्षको उमेरमै विश्वविद्यालयबाट स्नातक तहको डिग्री

९ वर्षको उमेरमै विश्वविद्यालयबाट स्नातक तहको डिग्री

एजेन्सी।  बेल्जियमका एक ९ बर्षिय बालकले विश्वविद्यालयबाट स्नातक तहको डिग्री हासिल गरेर सबैलाई चकित पारेका छन् । 'लौरेन्ट साइमन्स' ले बेल्जियमको इन्ढोभेन युनिभर्सिटी अफ टेक्नोलोजीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह पास गर्ने क्रममा रहेका छन् ।

सिएनएनका अनुसार साइमन्सले यहि डिसेम्बरमा इन्जिनियरिङको कोर्स सक्न लागेका हुन् । उनका माता पिता लिडिया र एलेक्जेन्डर साइमन्सले लौरेन्टले इन्जिनियरिङमा पीएचडी गर्ने सोचाइ बनाएको र उनले मेडिकल विषयको समेत अध्ययन गर्ने बताएका छन् ।

उनकी आमा लिडियाले विश्वबिद्यालयका लेक्चरहरुले लौरेन्टमा केहि विशेष भएको बताएकी छन् । लौरेन्ट डाक्टर परिवारबाट आएपनि उनीमा छिटो सिक्न सक्ने अद्भुत क्षमता कसरी आयो भन्ने बारेमा भन्न नसक्ने बताएका छन् । विश्वविधालयले लौरेन्टको क्षमता देखेर अन्य विद्यार्थीहरुलाई भन्दा छिटो स्नातक कोर्स सक्न अनुमति दिएको बताएको छ ।

विश्वविद्यालयले विशेष विद्यार्थीका लागि सोहि अनुसारको कोर्स डिजाइन गर्नु स्वाभाविक रहेको बताउदै लौरेन्टमा विशेष क्षमता रहेको बताएको छ । उनका पिता एलेक्जेन्डरले लौरेन्ट प्रतिभावान भएपनि उसलाई परिवारका तर्फबाट कुनै दबाब नदिएको बताएका छन् ।

आफुहरुलाई उसको बालापन र क्षमतामा सन्तुलन मिलाउने चुनौती रहेको उनका पिताले बताएका छन् । लौरेन्टले आर्टिफिसियल ओर्गानको विकास गर्न चाहेको उनको परिवारले बताएको छ ।

'लौरेन्ट साइमन्स'

विशेष