यो हो विश्वको सबैभन्दा ठुलो अजिङ्गर, लम्बाई १८ फुट

इंगल्याण्डको ट्वेक्सबरी सहरका मार्क्स हब्स नामक एक व्यक्तिले १८ फूट लामो अजिङ्गर पालेका छन । हब्सले यस अजिङ्गरलाई मायाले हेक्सी भनेर बोलाउने गर्छन। हेक्सीलाई विश्वको सबैभन्दा ठुलो अजिङ्गर मानिएको छ ।
यति लामो र खतरनाक अजिङ्गर पाल्नु कुनै सामान्य कुरा भने पक्कै पनि होइन । यसले हरिण, कछुवा, बाख्रा लगायतका जिवहरु खाने गर्छ जुन स्थानीय किसानले उपलब्ध गराउने गरेका छन।
त्यस्तै यस सर्पलाई ठुलो बिन ब्यागमा राख्ने गरिन्छ। आइटी कम्पनीमा कार्यरत हब्सले यसको लालन पोषणका लागि हजारौं पाउन्ड्स खर्च गर्नुपरेको बताउछन।
आठ बर्षअघि हब्सले यस अजिङ्गरलाई किनेका थिए । ८ बर्षअघि ८ इन्च लम्बाई रहेको यस अजिङ्गर अहिले बढेर १८ फुट लामो भएको छ भने यसको तौल सय किलो भएको छ।
एजेन्सी।
अजिङ्गर