विचित्र विश्व

प्रेमीको हत्या गरि बाबुले नै गरे छोरीसँग बिहे

प्रेमीको हत्या गरि बाबुले नै गरे छोरीसँग बिहे

एजेन्सी । एक ५५ बर्षिय पुरुषले छोरीको प्रेमीको हत्या गरि छोरीसँगै विवाह गरेका छन । यो घटना अमेरिकाको वेस्ट वर्जिनियाको हो ।  

उनले प्रेमीको हत्या गरेको ३ हप्तापछि छोरीसँग विवाह गरेका हुन् । याे रहस्य अदालतमा सुनुवाईको क्रममा सार्वजनिक भएको हो ।  

एक रिपोर्टका अनुसार हत्या आरोपी पिता लैरी पल मैकक्लूरलाई फर्स्ट डिग्री मर्डरको आरोप लगाईएको छ । घटना हुनुभन्दा पहिले ३८ वर्षिय टोमस मैकक्लूर र लैरीकी ३१ वर्षिया छोरी अमन्डा डेट गरिरहेका थिए ।  

प्रेमीको हत्या गरेको आरोप अमन्डा र उनकी बहिनीमाथि आरोप पनि लागेको छ । बाबु र उनकी २ छोरीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।  मैकक्लूरको टाउकोमा रक्सिको बोत्तलले हानेर र घाँटी समाएर हत्या गरिएको थियो ।  यो घटना फेब्रुअरी २०१९ को हो । 

स्थानीय प्रहरीका अनुसार, प्रेमीको हत्यापछि बाबु छोरीले विवाह गरेका थिए । प्रहरीको सुनुवाईमा हत्यामा ३ जना  संलग्न रहेको पुष्टि भएको छ ।    

प्रेमीको हत्या छोरिसंग बिहे

विशेष