विचित्र विश्व

धान काट्न गएकी १२ बर्षिया बालिकाको पेटमा हँसिया पसेपछि .........

धान काट्न गएकी १२ बर्षिया बालिकाको पेटमा हँसिया पसेपछि .........

एजेन्सी । उत्तर प्रदेशको देवरियामा खेतमा धान काट्न गएकी १२ बर्षिया बालिकाको पेटमा हँसिया छिरेको छ ।  जसलाई देखेर आसपासका मानिसहरु डरले काबु भएका थिए ।  तर बालिकाको हिम्मतले उनको सफलतापुर्वक अप्रेसन गरिएको छ।  

घटना लगत्तै अस्पताल पुर्याईएको बालिकाको २ घण्टा लामो अप्रेसनपछि पेटबाट हसिया निकाल्न सफल भएको र हाल उनको अवस्था पनि सामान्य रहेको डाक्टरहरुले बताएका छन ।  

खेतमा धान काटिरहेको बेला 'कम्पाईन मेसिन' आफूतिर आएको देखेर आत्तिएर भाग्न खोज्दा लडेर पेटमा हसिया पसेको पारिवारिक स्रोतले जनाएको छ ।  

हँसिया बालिकाको पेटमा तेर्सो परेर करिब २ इन्चसम्म गाडिएको थियो । यो घटना अहिलेसम्मकै नयाँ घटना भएको जनाईएको छ ।   

बालिका १२ बर्षिया

विशेष